
१२ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा अविरल वर्षापछिको बाढीले एक घर बगाएको छ । शनिबार बिहान मेलम्ची नगरपालिका ११ स्थित इन्दरावती नदीको छेउमा रहेको तीन तले पक्की घर बाढीले बगाएको हो ।
स्थानीय गोपाल दुलालको घर बाढीले बगाएको प्रहरीले जनाएको छ । एक साताअघि आएको भीषण बाढीले सो घरमा क्षति पुगेको थियो । घरपरिवार यसअघि नै अन्यत्र स्थानान्तर भइसकेका थिए ।
एक साताअघिको भीषण बाढीका कारण दर्जनौं घरपरिवार विस्थापित भएका थिए ।
प्रतिक्रिया दिनुहोस