१२ असार, रौतहट । रौतहटमा वर्षासँगै आज बिहान चट्याङ लागेर एकजना युवकको मृत्यु भएको छ ।
शनिबार बिहान ७ बजे जिल्लाको परोहा नगरपालिका वडा नम्बर २ जिगडवावेलबिछुवाका ३५ वर्षीय शेख जमसैद मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्दी बिक्रम शाहले जानकारी दिए ।
आफ्नो घर भन्दा बाहिर बेसेको बसिरहेको बेला अचानक चट्याङ लागि घाईते भएका जमसैदलाई उनका आफन्तले सुकदेवचोक स्थित शिदर्शन हस्पिटलमा ल्याई उपचार गराई रहेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक शाहले बताए ।
प्रतिक्रिया दिनुहोस