समाचार

झापाको बिरिङ खोलामा एक पुरुषको शव फेला

bead body tag

१२ असार, झापा । जिल्लाको अर्जुनधारा नगरपालिका १ स्थित बिरिङ खोलामा एक पुरुष मृत फेला परेका छन ।

मृतक अर्जुनधारा ३ निवासी राजकुमार खनाल रहेकोले प्रहरीले जनाएको छ । बिहान ८ बजे स्थानीयले पानीमा डुबेको अवस्थामा शव देखेर शनिश्चरे प्रहरी चौकीमा खबर गरेका थिए । प्रहरी चौकी शनिश्चरे र इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले शव पहिचान गर्ने क्रममा ४० बर्षीय खनालको भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

शरीरको माथिल्लो भाग नग्न अवस्थामा स्थानीयले शव देखेका थिए । शुक्रवार राती १० बजेसम्म घरमै रहेका खनाल कतिबजे घरबाट निस्किएको भन्ने थाहा नभएको आफन्तले प्रहरीलाई बताएका छन । घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *