समाचार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

bike accident

१२ असार, मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाको खरङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मनहरी गाउँपालिका वडा नम्बर– ९ खरङ्गाबाट हेटौंडातर्फ आउँदै गरेको लु १५ प ३७४३ नम्वरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिएर नालीमा खस्दा मोटरसाइकल चालक महोत्तरीको मनरा गाउँपालिका वडा नम्बर–२ का अंशु कुमार सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका सिंहको हेटौंडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक दासले बताए । मृतक सिंहको शव हाल पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *