समाचार

दाङमा खोलाले बगाउँदा एक महिला बेपत्ता

nmb news

१२ असार, घोरोही । दाङमा खोलाले बगाउँदा एक महिला वेपत्ता भएकी छन् । शनिबार दिउसो साढे २ बजेतिर स्थानीय पत्रेखोला तर्ने क्रममा घोराही ११ निबासी महिला वेपता भएकी हुन् ।

उनको अन्य परिचय खुल्न सकेको छैन । घोरोहीको जितपुरबाट सिउपुर जानकालागि खोला तर्ने क्रममा खोलाले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । उनको खोजी कार्य भइरहेको छ ।

आज पत्रेखोलामा पानीको बहाब पनि यस वर्षकै ठूलो छ । त्यसले गर्दा पनि खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस