
१२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २०१६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
यस्तै संक्रमणबाट देशभर ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार ९८१० जनाको स्वाब परीक्षण भएकामा २०१६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ४९१४ जना संक्रमण मुक्त बनेका छन् । यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ६ लाख ३२ हजार ३२६ (पीसीआर) र ३१ हजार ५३१ (एन्टिजेन) जना पुगेको छ । यस्तै निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ ।
हालसम्म कोरोनाबाट कुल ८ हजार ९७५ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस