मुख्य समाचार

कक्षा ११ र १२ को रजिष्ट्रेशन तथा परीक्षा आवेदन बुझाउने म्याद थप

National-Exam Board

१२ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को रजिष्ट्रेशन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको छ । बोर्डले आगामी असार २० गतेसम्मका लागि रजिष्ट्रेशन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको हो ।

यसअघि रजिष्ट्रेशन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद चैत मसान्तसम्म थियो । चैत मसान्तसम्म फारम बुझाउन छुट भएकाहरुलाई दोब्बर दस्तुर लिने गरी असार २० गतेसम्म म्याद थप गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रध्यापक डा चन्द्रमणि पोखरेलले जानकारी दिए ।

बोर्डले जारी गरेको सूचनाअनुसार रजिष्ट्रेशनका लागि ८ सय र परीक्षा आवेदनका लागि एक हजार दुई सय रुपैयाँ लाग्नेछ । रजिष्ट्रेशन तथा परीक्षा आवेदन फारम सम्बन्धित विद्यालयहरुले राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरुमा बुझाउने व्यवस्था मिलाएको छ ।

notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *