समाचार

ग्यास चुहावट हुँदा भक्तपुरमा आगलागी

gas aago

१२ असार, भक्तपुर । खाना पकाउने ग्यास चुहावट हुँदा चाँगुनारायण नगरपालिका–४चाँगुस्थित एकघरमा आगलागी भएको छ ।

आगलागीबाट स्थानीयवासी दिपक मिजार र सानचरीको नगद रु। ३५ हजार सहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न लगायतका सामान समेत जलेर आज नष्ट भएको प्रहरीले जनाएको छ ।

वाग्मती प्रदेशसभा सदस्य कृष्णलाल भँडेलसहित नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का क्षेत्रीय सभापति जीवन खत्री, सचिव जनक खत्रीको टोलीले पीडितलाई नगद रु पाँच हजार सहित लत्ताकपडा, खाद्यान्न र ग्यासचूलो लगायतको सामग्री सहयोग गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *