१३ असार, काठमाडौं । नेकपा एमालेबाट निष्कासित वरिष्ठ नेतामा धवकुमार नेपालले शनिबार आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आइसकेको खुलासा गर्दै कुनै पनि हालतमा आफूले विपक्षी गठबन्धन नछाड्ने बताएका छन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा आयोजित कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन् । उनले आफूलाई शेरबहादुर देउवालाई हेरेको हे–यै बनाइ दिऊँ भनेर आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको टिप्पणी गर्दै भने– ‘जस्तोसुकै प्रस्ताव आए पनि विपक्षी गठबन्धन तोड्दिनँ । माधव नेपाल धोका दिने मान्छे होइन ।’
उनले भने– ‘यो एमाले भित्रको विद्रोही आवाज हो, क्रान्तिकारी आवाज हो । लोकतान्त्रिक प्रक्रियाबाट पनि तानाशाही जन्मिने रहेछ, केपी ओली त्यस्तै तानाशाह हो ।’
नेता नेपालले ओलीको धोकाले आफू मात्र नभई देश नै हैरान भएको टिप्पणी पनि गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री दिएपनि अब विपक्षी गठबन्धनको साथ नछोड्ने बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।