मुख्य समाचार

निषेधाज्ञाबारे नयाँ निर्णय गर्न काठमाडौं उपत्यकाका सीडीओहरूको बैठक बस्दै

kathmandu traffic

१३ असार, काठमाडौं । काठमाडौं उपत्यकामा  जारी निषेधाज्ञा पुनः एकसाता थपिने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा पुनः थप्ने तयारी भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले बताए ।

एक साताका लागि थपिने निषेधाज्ञाको प्रावधान यसअघि जस्तै हुने उनको भनाइ छ । उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा यही असार १४ गते राति १२ बजे सकिँदै छ । अहिले समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ ।

उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का सीडीओहरुको संयुक्त बैठकले यसबारे थप निर्णय गर्ने उनले बताए । आजै सीडीओहरुको संयुक्त बैठकसमेत बस्दै छ ।

अहिले काठमाडौ उपत्यकामा मोटरसाइकल, जीप, कार, भ्यान, ट्याक्सी लगायतमा जोर–बिजोर लागु गरेर चल्न दिइएको छ तर सार्वजनिक सवारी–साधन, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेस लगायतमा प्रतिबन्ध कायमै छ ।

यसैबीच राष्ट्रिय यातायात व्यवसायी महासंघले सार्वजनिक यातायात सञ्चालनमा ल्याउन माग गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस