समाचार

मर्स्याङ्दीमा जेसिबी फस्यो, अपरेटरको सकुशल उद्धार

marsangdi

१३ असार, मनाङ । सदरमुकाम चामेस्थित मर्स्याङ्दी नदीमाथिको मोटरेबल पुलमा जेसिबी फसेको छ ।

नदीले बगाएर ल्याएको काठ, बालुवा र ढुङ्गा पुलबाट निकाल्ने क्रममा जेसिबी र अपरेटर फसेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । मौसम अनुकूल भए जेसिबी निकाल्ने प्रयास गरिने प्रजिअ लामिछानेले जानकारी दिए ।

जेसीबी बीच भागमा नै रहे पनि नार्पाभूमि गाउँपालिकाका अपरेटर सर्लाहीको बरहथवा नगरपालिका–७ स्थायी घर भएका २७ वर्षीय मुकेशकुमार कुशवारको सकुशल उद्धार गरिएको उनले बताए ।

जिल्लामा रहेको क्याराभान कम्पनीको एउटा मात्रै डोजर पनि मर्स्र्याङदी नदीको बीचमा फसेको हो । नदीको सतह घटेपछि पुलमा अड्किएको काठ, ढुंगा र बालुवा निकाल्न थालिएको हो । पुलमा बालुवा रहेकाले केही भाग भासिएकाले डोजर अड्किएको हो ।

पुलमा बाढीले बगाएर ल्याएको काठ, ढुंगा र बालुवा अड्किएर पानी जाने बाटो अवरोध हुँदा नदीले बस्तीतर्फ धार परिवर्तन गरेको छ । नदीलाई पहिलेको धारमा फर्काउन पुलमा अड्किएको काठ, ढुंगा र बालुवा निकाल्न अत्यावश्यक देखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *