
१३ असार, विराटनगर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी कटान क्षेत्रमा आइतबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा परी थप दुई जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गस्थित सुनसरीको कोशी गाउँपालिका ८ मा हायसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकल र म्याजिक भ्यानलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ बर्षीय उदय साह, बिराटनगर ९ का राम प्रसाद शाह र म्याजिक चालक विराटनगरका अक्षय कुमार गुप्ता रहेका छन् ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको बा ३ ख ७२४४ नम्बरको हाइसले ओभरटेक गर्नेक्रममा पश्चिमबाट पूर्वतर्फ आइरहेको स १ छ ४६६१ नम्बरको मोटरसाइकल र बा ३ ख ९३६८ नम्बरको म्याजिकलाई ठक्कर दिएको थियो ।
प्रतिक्रिया दिनुहोस