मुख्य समाचार

भारतमा थप ५० हजार सङ्क्रमित, ९६.७५ प्रतिशत सङ्क्रमणमुक्त

india airport

१३ असार, काठमाडौं । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या ५० हजारमा झरेको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५० हजार ४० जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या तीन करोड दुई लाख ३३ हजार १८३ पुगेको छ ।

संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो ४५ दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको छ ।  भारतमा पछिल्लो एक दिनमा ५७ हजार ९४४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अधिकारीहरुले भारतमा अहिले पाँच लाख ८६ हजार ४०३ जना अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेको जानकारी दिएका छन् । यो सङ्ख्या पनि घट्दै गएको देखिएको छ । भारतमा कुल सङ्क्रमित मध्ये ९६.७५ प्रतिशत मानिस कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको तथ्याङ्क छ ।

कुल सङ्क्रमितमध्ये अहिलेसम्म कुल दुई करोड ९२ लाख ५१ हजार २९ जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये तीन लाख ९५ हजार ७५१ जनाको मृृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कुल सङ्क्रमित मध्ये १.९४ प्रतिशत मात्रै अहिले सङ्क्रमित अवस्थामा रहेका छन् ।

भारतमा अहिलेसम्म ३२ करोड १७ लाख मानिसलाई कोरोनाभाइरसको खोप लगाइएको छ । ती मध्ये ६४ लाख २५ हजार खोप शनिबार एक दिनमा मात्रै लगाइएको हो । –एएनआइ

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस