सेयर मार्केट

२७ अंकले बढ्यो सेयर बजार, ७ अर्ब बढीको कारोबार

share market nepal

१३ असार, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २७ अंकले बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २८७० अंकमा कायम भएको छ । यस दिन जम्मा ७ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बैंकिङ समूहले नै यस दिन बजारलाई उचालेको छ । बैंकिङ ३८, ब्यापार ४७, जलविद्युत ७६, उत्पादन २८, अन्य ५ र माइक्रोफाइनान्स समूह ४ अंकले बढेका छन् । होटल तथा पर्यटन ४२, विकास बैंक ५९, फाइनान्स ३९ र निर्जीवन बीमा समूह ४० अंकले घटेका छन् ।

यस दिन सेन्चुरी कमर्सियल बैंक र माथिल्लो तामाकोसीको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै युनाइटेड इदी मर्दीको मूल्य ७ प्रतिशतले बढ्यो । रिडी हाइड्रो र सिभिल बैंकको मूल्य ६ प्रतिशतले बढेका छन् ।

गोर्खा फाइनान्सको मूल्य ४ प्रतिशतले घटेको छ भने प्रोग्रेसिभ फाइनान्सको मूल्य साढे ३ प्रतिशतले घटेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस