मुख्य समाचार

कोरोना अपडेटः थप १९२० जनामा संक्रमण पुष्टि, ३४ जनाको मृत्यु

kathmandu check point

१३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

६ हजार जनामा पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ५३ र ३ हजार ८ सय ३६ जनामा एन्टिजेन परीक्षण गर्दा ५ सय ६७ जना गरी १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै सोही अवधिमा संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म ६ लाख ६५ हजार ७ सय ७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन्  ।

यसैबीच पछिल्लो २४ घण्टामा उपत्यकामा ४ सय २४ जना संक्रमित थपिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस