समाचार

डोल्पामा छुट्टाछुट्टै घटनामा परेर २ जनाको मृत्यु

bead body tag

१३ असार, डोल्पा । यहाँ छुट्टाछुट्टै दुर्घटनामा परेर दुईको मृत्यु भएको छ । तल्लो डोल्पा अन्तर्गत मुड्केचुला गाउँपालिका–४ इल गाउँ बस्ने वर्ष ५७ का वीरबहादुर रोकायको सोही गाउँपालिकामा पर्ने झिमझिमेस्थित फेदी खोला जलविद्युतको नहर कुलोबाट खसेर मृत्यु भएको प्रहरी चौकी इलले जनाएको छ ।

मृतक रोकाय बिहान खाना खाएर जगदुल्ला हाइड्रो पावरको काम गर्न निस्किएको र साँझ अबेरसम्म नआएपछि खोजी गर्दा मृत फेला परेको प्रहरीको भनाइ छ । त्यसैगरि तल्लो डोल्पामै पर्ने जगदुल्ला गाउँपालिकामा ट्रयाक्टरको ट्रलीले च्यापेर सहचालकको मृत्यु भएको छ ।

सोही गाउँपालिकामा पर्ने चौरीकोटबाट माझगाउँतर्फ खाद्यान्नलगायतका सामान लैजाने क्रममा ट्रयाक्टरको ट्रली बिग्रिएर बेरिङ्ग फेर्ने क्रममा जग भाँचिन गई च्यापिएर सोही गाउँपालिका वडा नं ६ गैरीगाउँ बस्ने १९ वर्षीया केरसिंह विकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए । चालक फरार रहेकाले खोजी कार्य भइरहेको उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *