
१३ असार, काठमाडौं । आइएमई फाउन्डेसनले सहिद शुक्रराज ट्रपिकल अस्पताल टेकुलाई अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण हस्तान्तरण गरेको छ ।
आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक तथा फाउन्डेसनका अध्यक्ष हेमराज ढकालले शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सो उपकरण हस्तान्तरण गरे ।
यस अघि नेशनल बिजनेस इनिसियटिभ र आइएमई फाउन्डेसन बीच शुक्रराज सरुवा रोग अस्पतालमा अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण उपलब्ध गराउने सम्झौता भएको थियो । सोही अनुसार नेशनल बिजनेस इनिसियटिभ अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण खरिद प्रक्रिया अगाडि बढाएको थियो ।
फाउन्डेसनले अक्सिजन प्लान्ट स्थापनाको लागि १ करोड २८ लाख बराबरको सहयोग उपलब्ध गराएको थियो ।