१३ असार, दाङ । दाङमा कुलोमा डुबेर ३ वर्षीय बालिकाको मृत्यु भएको छ ।
शान्तिनगर गाउँपालिका ६ कोरबाङ निवासी फिरु चौधरीकी ३ वर्षीय छोरी मुकमारी चौधरीको घर नजिकैकाे कुलोमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक तथा प्रवक्ता झलक शर्माले जानकारी दिए ।
बालिकाको शव पोष्ट मार्टमका लागि अहिले राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस