समाचार

चितवनमा मोटरसाइकलको ठक्करबाट एक बालिका गम्भीर घाइते

bike accident

१४ असार, चितवन । चितवनमा मोटरसाइकलको ठक्करबाट एक बालिका गम्भीर घाइते भएकी छन् । भरतपुर महानगरपालिका–२६, हिरापुरमा मोटरसाइकलको ठक्करबाट स्थानीय नौ वर्षीया प्रकृति नेपाली घाइते भएकी हुन् ।

पैदल हिँडिरहेकी उनलाई गए राति ११ बजेतिर ना ५५ प ८८३३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । उनको कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकलसहित चालकलाई प्रहरीचौकी रामपुरले नियन्त्रणमा लिएको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस