मुख्य समाचार

भोलिदेखि उपत्यकामा २५ सिट माथिका सार्वजनिक गाडी चल्ने

Kalanki Kathmandu Ring Road

१४ असार, काठमाडौं । काठमाडौं उपत्यकामा भोलिदेखि सार्वजनिक सवारी सञ्चालनमा आउने भएका छन् । कोरोना महामारीको संक्रमण बढेसँगै बन्द रहेको सवारीहरु सञ्चालन गर्ने निष्कर्षमा उपत्यककाका प्रमुख जिल्ला अधिकारीहरु पुगेका हुन् ।

सोमबार काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १५ गतेबाट २५ सिटभन्दा ठूला सार्वजनिक गाडी सञ्चालनको अनुमति दिने निर्णय गरेको हो ।

गाडीहरु जोर बिजोर नम्बरका आधारमा सञ्चालन हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । उपत्यकामा ट्याक्सी तथा निजी गाडी भने अघिल्लो हप्तादेखि नै सञ्चालनमा आइसकेका छन् ।

यस्तै उपत्यकामा लागू भएको निषेधाज्ञा एक हप्ताका लागि थपिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस