विश्व/प्रवास

सोमालिया : आत्मघाती हमला र सेनाको कारबाहीमा परी ४१ जनाको मृत्यु

bomb somalia

१४ असार, काठमाडौं । सोमालियामा आइतबार भएको एक आत्मघाती कारबम हमला र सोमालियाको राष्ट्रिय सेनाको कारबाहीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको सोमाली सेना स्रोतले जानकरी दिएको छ ।

सो सेनाले दिएको जानकारीअनुसार यहाँको अल सेबाब आतंककारी समूहले कारबम हमलामा गराएका थिए ।

सोमालियाको राष्ट्रिय सेनाको कारबाहीमा यसरी मारिनेमा अधिकांश अल सेबाबकै लडाकू रहेका छन् । त्यसैगरी अन्य केही स्थानमा भएको सेनाको कारबाहीमा पनि अल सेबाबका लडाकूहरु मारिएका थिए ।

यस क्रममा यहाँको सेनाका तीन जना अधिकारी पनि अल सेबाबको आक्रमणमा परी मारिएका छन् भने अरु केही घाइते पनि रहेका छन् । त्यसैगरी कतिपय स्थानमा अल सेबाबका लडाकूहरुले गरेका हमलाहरुमा परी अरु कैयौँ सर्वसाधारण व्यक्ति घाइते भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस