सेयर मार्केट

सोमबारको सेयर बजारः कमाउनेमा माइक्रोफाइनान्सका लगानीकर्ता अगाडी

broker office kathmandu

१४ असार, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५ अंकले बढेको छ ।

सो अंकको वृद्धिसँगै नेप्से २८७५ अंकमा कायम भएको छ । यस दिन २१९ कम्पनीको ७ अर्ब ७२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । हिजोको तुलनामा कारोबारमा सामान्य सुधार देखिएको हो ।

बैंकिङ ६, होटल तथा पर्यटन २०, माइक्रोफाइनान्स १११, जीवन बीमा १४ र लगानी समूह २ अंकले बढेका छन् । ब्यापार ३२, विकास बैंक ७०, जलविद्युत ६५, फाइनान्स ५६, निर्जीवन बीमा ३७, उत्पादन १२ र अन्य समूह ४ अंकले घटेका छन् ।

यस दिन धेरै मूल्य कमाउनेमा माइक्रोफाइनान्सकै लगानीकर्ता अगाडि रहेका छन् । सबैको लघुवित्त र सिभिल लघुवित्तको मूल्य ८ प्रतिशतले बढ्यो । त्यस्तै जलविद्युत लगानी तथा विकास कम्पनीको मूल्य ७ प्रतिशत, सामुदायिक लघुवित्त, मिथिला लघुवित्त, आशा लघुवित्त, आरम्भ चौतारी लघुवित्तको मूल्य ५ प्रतिशतको हाराहारीमा बढेका छन्

यस दिन बेष्ट फाइनान्सको मूल्य ५ प्रतिशतले घटेको छ । रिलायन्स फाइनान्सको मूल्य पनि करिब ५ प्रतिशतले नै घटेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस