समाचार

रुपन्देहीमा भोलिदेखि सार्वजनिक यातायात चल्न पाउने

butwal lockdown

१४ असार, काठमाडौं । रुपन्देहीमा भोलिदेखि सार्वजनिक यातायात चल्ने भएका छन् ।

आज भैरहवामा बसेको डिसिसीएमसीको बैठकले जिल्लामा जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सुचना अधिकारी जनक थापाले बताए ।

निजी र सार्वजनिक दुवै सवारी साधन जिल्ला भित्र चल्ने छन् । यस्तै रुपन्देहीका पसल खोल्नका लागि विहान ११ बजेदेखि ६ बजे सम्म दिने भएको छ । यसअघि ११ देखी ४ बजे सम्म खेल्न लिएको थियो ।

निषेधाज्ञा भने असार २१ गते राती १२ बजे सम्म जारी रहने जिल्ला प्रशासन कार्यालय जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस