मुख्य समाचार

प्रहरीले खाली गरायो ‘हाम्रो टिम नेपाल’ले नि:शुल्क खुवाउने खाना पकाउने ठाउँ

hamro team nepal

१४ असार, काठमाडौं । काठमाडौंको अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटनजिकै हाम्रो टिम नेपालले खाना बनाउन प्रयोग गरेको सार्वजनिक जग्गा प्रहरीले खाली गराएको छ । काठमाडौं महानगर प्रहरी तथा नेपाल प्रहरीको टोलीले सार्वजनिक जग्गा खाली गराएको हो ।

जग्गा खाली गर्ने क्रममा प्रहरीले हाम्रो टिमका केही व्यक्तिहरुलाई समेत नियन्त्रणमा लिएको छ । हाम्रो टिमले सो स्थानमा खाना पकाएर निषेधाज्ञाको समयमा खान नपाएकाहरूलाई निःशुल्क खाना खुवाइरहेको थियो ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजना अनुसार सार्वजनिक जग्गामा बनाएका टहरा महानगरपालिका व्यवस्थापनको निर्णय अनुसार नै हटाइदिएको जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *