समाचार

भक्तपुरमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ

damai

१४ असार, भक्तपुर । भक्तपुर प्रहरीले बालिकामाथि करणी गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका–९ कमलविनायकस्थित आफ्नै कोठामा बसिरहेकी बालिकामाथि करणी गरेको आरोपमा दोलखा बैतेश्वर ४ घर भई हाल भक्तपुर नगरपालिका–९ बस्ने वसन्त दमाई पक्राउ परेका हुन् ।

अघिल्लो सोमबार दिउँसो १२ वर्षीय बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको आरोपमा दमाईलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले बताए ।

बालिकाको घरमा कोही नभएको मौका पारी बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भनी पीडितकी आमाले सोही दिन महानगरीय प्रहरी वृत जगातीमा किटानी जाहेरी दरखास्त दिएकी थिइन् ।

आमाको किटानी जाहेरीपछि दमाइलाई पक्राउ गरी थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ । बालिकाको स्वास्थ्य परिक्षणका लागि अस्पताल पठाइएको तथा जवरजस्ती करणी मुद्दामा कारवाहीको प्रक्रिया अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *