सेयर मार्केट

जीवन विकास लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

ipo

१५ असार, काठमाडौं । जीवन विकास लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । जीवन विकासले एक सय रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ बिक्री गरिरहेको छ ।

यसमध्ये ०.५ प्रतिशत अर्थात ३० हजार ४ सय २० कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात ९८ हजार ८ सय ६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको छ । बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा एनएमबि क्यापिटल बिक्री प्रबन्धकको काम गरेको छ । सोमबार साँझसम्म झण्डै साढे १८ लाख लगानीकर्ताले आवेदन दिएको बिक्री प्रबन्धकले जनाएको छ ।

यो हालसम्मकै उच्च आवेदन हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस