१५ असार, काठमाडौं । नेपाल वायुसेवा निगम र हुलाक सेवा विभागबीच अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्रहरु ओसार पसार गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सन् २०२१ जुलाई १ देखी लागु हुने सो सम्झौता अन्तर्गत हुलाक सेवा विभागले सेवा प्रदान गर्ने र नेपाल वायुसेवा निगमका उडान हुने सम्पूर्ण गन्तव्यहरुमा अव निगम मार्फत मात्र सामान तथा चिठ्ठीपत्रहरु ढुवानी हुनेछन् ।
यस अघि विभागले विभिन्न विदेशी हवाई कम्पनीहरु मार्फत सो काम गराइरहेको थियो । यसबाट विदेशी हवाई सेवा कम्पनीहरुलाई भुक्तानी भइरहेको करोडौं रुपैया देश भित्रै रही विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
सम्झौतामा नेपाल वायुसेवा निगमको तर्पmबाट महाप्रबन्धक डिम प्रसाद पौडेल र हुलाक सेवा विभागका तर्फबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस