सेयर मार्केट

सेयर बजारमा ४७ अंकको गिरावट सँगै ६ अर्ब ७२ करोडमा खुम्चियो कारोबार

stock market

१५ असार, काठमाडौं । मंगलबार सेयर बजारमा ४७. ४९ अंकको पहिरो गएको छ । यस दिन सो अंक घटेसँगै परिसूचक २८२८ अंकमा कायम भएको छ । साथै कारोबार रकम पनि घटेको छ । कारोबार रकम जम्मा ६ अर्ब ७२ करोडमा खुम्चिएको छ ।

बैंकिङ २६, ब्यापार ४७, होटल तथा पर्यटन १, विकास बैंक १६७, जलविद्युत ७६, फाइनान्स ८७, निर्जीवन बीमा २५१, उत्पादन ३४, अन्य ५१, जीवन बीमा १६५ र लगानी समूह ३ अंकले घटेका छन् । त्यस्तै माइक्रोफाइनान्स समूह भने २६ अंकले बढेको छ ।

यस दिन ओरेन्टल होटलको मूल्य ५.७ प्रतिशतले बढेको छ । त्यस्तै गुराँस लघुवित्तको मूल्य ४ प्रतिशतले बढेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको ३.६ तथा तारागाउँ रिजेन्सीको मूल्य २.८ प्रतिशतले बढेको छ ।

प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै ८.५ प्रतिशत र जलविद्युत लगानी तथा विकास कम्पनी र बेष्ट फाइनान्सको मूल्य ८ प्रतिशतले मूल्य गुमाएका छन् । राधी विद्युतको सबैभन्दा धेरै रकमको अर्थात ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस