१५ असार, काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले फिजियो थेरापीको होम सर्भिस शुरु गरेको छ । पछिल्लो समय लोकप्रिय हुँदै गएको उपचार विधि फिजियो थेरापी सेवा अब नर्भिक अस्पतालको विशेषज्ञसहितको टिमले घरमै गएर उपलब्ध गराउने भएको हो ।
तत्कालका लागि यो सेवा काठमाडौं उपत्यकाभित्र मात्र सिमित गरिएको अस्पतालले जनाएको छ । कोहीकसैलाई फिजियोथेरापी सेवा चाहिएमा नर्भिकमा फोन सम्पर्क गरी फिजियो थेरापिस्टलाई बोलाउन सकिने अस्पतालले जनाएको छ ।
फोन गरेपछि बिरामीको विषयमा बताइएको अवस्थाको गाम्भीर्यता हेरी चाँडोभन्दा चाँडो अस्पतालका फिजियो थेरापिस्टलाई अत्याधुनिक उपकरणसहित बिरामीको घरैमा पुग्ने अस्पतालले जनाएको छ ।
कोभिड–१९ को संक्रमणको जोखिमका कारण अस्पताल पुग्न नसक्ने बिरामीहरु बढी लाभान्वित हुने नर्भिकको फिजियो थेरापी डिपार्टमेन्ट प्रमुख समीम अख्तरले जानकारी दिए । नर्भिक अस्पतालबाट यो सेवा लिनका लागि बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सम्पर्क गर्नुपर्नेछ ।