मुख्य समाचार

२४ घण्टामा ४ हजार ३४८ जना संक्रमणमुक्त, थप २ हजार ६३६ मा कोरोना पुष्टि

corona

१५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २० जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् । सो अवधिमा ११ हजार ७४८ जनाको परीक्षण भएकोमा पीसीआर विधिबाट ७ हजार २५९ र एन्टिजेन विधिबाट ४ हजार ४८९ जनाको परीक्षण भएको थियो ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३६ हजार ९१६(पीसीआर) र ३३ हजार ९४१ (एन्टिजेन) जना पुगेको छ भने निको हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ । यस्तै मृतकको कुल संख्या ९ हजार ७१ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *