सेयर मार्केट

नेप्सेको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त

dirgaraj

१५ असार, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सञ्चालक समितिको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन् । पछिल्लो समय तत्कालीन अध्यक्ष लक्ष्मण न्यौपानेको पदावधि सकिएपछि उक्त पद रिक्त रहेको थियो ।

मन्त्रालयले नियूक्त गरेसँगै मैनालीले सोमबार नै पदबहाली गरेका छन् । पदबहाली गर्दै मैनालीले पुँजी बजारको स्तरोन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताए । पुँजी बजारमार्फत मुलुकको आर्थिक विकासमा सघाउ पुग्ने उनले बताए ।

मैनालीले राजश्व अनुसन्धान विभागको महानिर्देशक भइ जिम्मेवारी सम्हालिसकेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस