
१५ असार, काठमाडौं । पर्सामा चट्याङ लागेर मंगलबार बिहान तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चट्याङले एक जना गम्भीर घाइते भएका र तीन जना सामान्य घाइते रहेको छ ।
मृत्यु हुनेमा सखुवाप्रसौनी गाउँपालिका–४ देवरवानाका ५५ वर्षीय रघुवीर यादव, पटेर्वा सुगौली–१ का २७ वर्षीय रसुल आजगदी र जीराभवानी–३ जितपुरकी ५० वर्षीया असरतोमी देवी थारू छन् ।
यादव र आजगदी भैंसी चराइरहेका थिए भने थारू खेलमा काम गरिरहेकी थिइन् । सखुवाप्रसौनी १ का ४० वर्षीय राजवंशी महरा गम्भीर घाइते रहेको पर्सा प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि वीरगञ्ज ल्याइएको छ । मंगलबार बिहान ७ बजे चट्याङ परेको थियो ।
प्रतिक्रिया दिनुहोस