समाचार

यात्रुवाहक बस दुर्घटना हुँदा १० जना घाइते

accident

१५ असार, दाङ । राप्ती राजमार्गको सल्यान दाङ सडकखण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका ३ लाहुरेचौरमा बस दुर्घटना भएको छ । सल्यानबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २४३९ न बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । ५० जना यात्रु सवार रहेको बस सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा सल्यान शारदा नगरपालिका २ बस्ने १९ वर्षीय अङ्कित वली, वडा न २ कै १३ वर्षीय तुलसाराज जिएम, छत्रेश्वरी गाउँपालिका २ बस्ने २० वर्षीय अर्जुन नेपाली, सोही ठाउँका वृद्धिमान पुन, दार्मा गाउँपालिका वडा न ३ का ५९ वर्षीय हस्त बुढाथोकी, छत्रेश्वरी गाउँपालिकाकी २५ वर्षीया जुनु योगी रहेका छन् ।

यस्तै बाँके फत्तेपुर ६ का ४ वर्षीया जुनिसा नेपाली, सोही ठाउँका २४ वर्षीया शारदा नेपाली, र तुलसीपुर उपमहानगरपालिका ५ रानीजरा बस्नेत ३१ वर्षीया पार्वती केसी रहेको प्रहरी महेश खड्काले जानकारी दिए । घाइतेहरू सबैलाई अञ्चल अस्पताल तुलसीपुरमा उपचार भई रहेको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस