१५ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमै रुपान्तर गर्ने निर्णय गरेको छ।
मंगलबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले आयोजक कमिटीलाई जेठ २ को केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने एमाले निर्णय गरेको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार जेठ २ मा नेकपा एमालेको केन्द्रीय कमिटी २४१ सदस्यीय रहेकोमा अब सोही कायम रहनेछ । बैठकले नेपालको पछिल्लो राजनीतिक अवस्था गम्भीर र संकटपूर्ण देखिएको निष्कर्षसमेत निकालेको छ ।
प्रतिक्रिया दिनुहोस