बैँक / वित्त

कामना सेवा विकास बैंकका एकै दिन २ वटा नयाँ शाखा विस्तार

kamana sewa bikas bank

१५ असार, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित स्वयम्भूमा र भक्तपुर नगरपालिका वडा नं. ७ स्थित जगातीमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ।

उक्त शाखाहरूको बैंकका अध्यक्ष सुदिप आचार्यले उद्घाटन गरे । बैंकले व्यवसाय विस्तारको क्रममा समय सापेक्ष थप नवीनतम् प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने रणनीति अवलम्बन गरेको जनाएको छ ।

यससँगै अब बैंकले १२७ शाखा, १ विस्तारित काउन्टर तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई निरन्तर सेवा प्रदान गर्नेछ । बैंकले हालको विषम परिस्थितिमा समेत सोसल मिडिया बैकिङ, इन्टरनेट बैकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता डिजिटल माध्यमबाट ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *