समाचार

बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

accident

१६ असार, काठमाडौं । मकवानपुरको मनहरीमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पुर्व–पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने मनहरी गाउँपालिका वडा नम्वर–९ ज्यामिरेमा कुखुरा बोकेको गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यलय मनहरीका अनुसार अन्दाजी २९/३० वर्षका मृतक चालकको पहिचान हुन सकेको छैन ।

यस्तै उक्त बोलेरेमा सवार बारा जिल्ला महागढी नगरपालिका वडा नम्बर ४ का ३२ वर्षीय केदारनाथ थारु गम्भीर घाइते भएका छन् । घाइते थारुलाई उपचारको लागी भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

बिरगन्जबाट आएको प्रदेश ३-०१-००२४ च १४३० नम्बरको कुखुरा बोकेको बलेरो गाडी सडकबाट अन्दाजी ७०/८० मिटर तल राप्ती खोलामा खसेर दुर्घटना भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस