
१६ असार, काठमाडौं । युनियन लाइफ इन्सुरेन्सले असार २४ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ६४ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो ।
यसले प्रतिकित्ता १०० रुपैयाँको दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । जसमध्ये ५% (३ लाख २२ हजार ५ सय कित्ता) कर्मचारी र ५% (३ लाख २२ हजार ५ सय कित्ता) म्युचुअल फन्डको लागि छुट्याइएको छ । बाँकी ५८ लाख ५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २ सय ५० कित्ताको लागि आवेदन दिन सकिनेछ । आवेदन असार २८ गतेसम्म दिन सकिन्छ । यस आईपीओलाई इक्रा नेपालले आइआर बीबीबी रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने जनाउँछ । यसको बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ ।
प्रतिक्रिया दिनुहोस