बलिउड / हलिउड

अभिनेता दिलीप कुमार अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थिर

dilip kumar

१६ असार, काठमाडौं । बलिउडका दिग्गज अभिनेता दिलीप कुमार अस्पताल भर्ना भएका छन् । ९८ वर्षका दिलीप कुमारको अचानक स्वास्थ्यमा खराबी देखिएपछि हिन्दुजा अस्पताल भर्ना गरिएको समाचार बाहिरआएको छ ।

दिलीप कुमारलाई फोक्सोको संक्रमणको कारण अस्पताल भर्ना गरिएको हो । उनको हालत स्थिर बताइएको छ । केही अगाडि पनि दिलीपक कुमारलाई सास फेर्न समस्या भएको कारण हिन्दुजा अस्पतालमै भर्ना गरिएको थियो ।

सो समय उनको फोक्सोबाट ३५० मिली लिटर पानी निकालिएको थियो । डा. नितिन गोखले र डा. जलील पारकरको रेखदेखमा उनको सर्जरी गरिएको थियो । स्वास्थ्यमा सुधार आएपनि अस्पतालबाट डिस्चार्ज भएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *