सेयर मार्केट

बुधबारको सेयर बजारः कमाउनेमा फाइनान्सका लगानीकर्ता अगाडी

share market

१६ असार, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ४ अंकले घटेको छ । सो अंकको घटेसँगै नेप्से २८२३ अंकमा कायम भएको छ । यस दिन कारोबार रकम भने बढ्न सकेन । जम्मा ५ अर्ब ८३ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

समूहगत रुपमा हेर्दा यस दिन फाइनान्स र विकास बैंकका लगानीकर्ताले उल्लेख्य मूल्य कमाएका छन् । विकास बैंक १३६, फाइनान्स ११८ अंकले बढेका छन् । त्यस्तै जलविद्युत २, निर्जीवन बीमा ५, उत्पादन ५७ र अन्य १८ अंकले बढेका छन् ।

बैंकिङ ४, ब्यापार २२, होटल तथा पर्यटन ४९, माइक्रोफाइनान्स ४७, जीवन बीमा ११२ र लगानी समूह २ अंकले घटेका छन् ।

यस दिन पोखरा फाइनान्सको मूल्य भने १० प्रतिशतले बढेको छ । सो कम्पनीको मूल्य प्रतिकित्ता ६०५ रुपैयाँ पुगेको छ । त्यस्तै सेन्ट्रल फाइनान्स, नेपाल फाइनान्स, मल्टिपर्पोज फाइनान्स र प्रोग्रेसिभ फाइनान्सको मूल्य पनि १० प्रतिशतकै हाराहारीमा बढेको छ ।

बेस्ट, आइसिएफसी, श्री इन्भेष्टमेन्ट फाइनान्स र कर्णाली विकास बैंकको मूल्य ७ प्रतिशत धेरैले बढेको छ ।

जलविद्युत लगानी तथा विकास कम्पनीको मूल्य सबैभन्दा धेरै ४ प्रतिशतले घटेको छ । खानीखोला हाइड्रोको मूल्य ३.३ प्रतिशतले घटेको छ । कारोबारका आधारमा नेपाल इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ३० करोडको कारोबार हुँदा मूल्य ३.३ प्रतिशतले बढ्यो । एनएलजी इन्स्योरेन्सको २१ करोड रुपैयाँको कारोबार हुँदा मूल्य ३.६ प्रतिशतले बढेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस