कर्णाली प्रदेश

कोरोना संक्रमणबाट कर्णालीमा थप २ जनाको मृत्यु

Corona Death

१६ असार, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत र रुकुम पश्चिमका १/१ जना रहेका छन् । योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२९ पुगेको छ ।

यस्तै आज थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९५ जनामा गरिएको आरटी–पीसिआर परीक्षणबाट ३७ र १९३ जनामा गरिएको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट ४१ जनामा कोरोना पुष्टि भएको हो ।

आज प्रदेशभर कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ३५ रहेको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *