समाचार

एक सचिव पदका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस

loksewa-aayog

१७ असार, काठमाडौं । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव पद (विशिष्ट श्रेणी) का लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोग अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सहसचिवहरू गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्करको नाम सिफारिस गरेको हो । आगामी मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका तीनमध्ये एकलाई सचिवमा बढुवा निर्णय गर्नेछ ।

सोही मन्त्रिपरिषद् बैठकले एकसाथ चार जनालाई सचिवमा बढुवा गर्नेछ । समितिको सोमबार बसेको बैठकले ज्येष्ठ सहसचिव डा. दामोदर रेग्मीको नाम अर्को बैठकले कृषि तथा वन र इञ्जिनियरिङ सेवाका दुई सचिवका लागि ६ वरिष्ठ सहसचिवको नाम सिफारिस गरिसकेको छ ।

सिफारिस गरिएकालाई मन्त्रिपरिषद्ले सचिव बनाउने निर्णय गरेपछि मात्रै रिक्त अन्य सचिवका लागि समिति बैठक बस्ने बताइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *