सेयर मार्केट

मनकामना स्मार्ट लघुवित्तको आइपीओ खुल्यो

ipo

१७ असार, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको ३ लाख ८९ हजार कित्ता आईपीओ आज (बिहीबार) बाट सर्वसाधारणका लागि खुल्ला भएको छ ।

प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आईपीओ निष्काशन गरेको कम्पनीले ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्तामा मात्र सर्वसाधारणका लागि खुल्ला गरेको हो ।

सोही ३ लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।  बिहीबारबाट खुल्ला भएको कम्पनीको आईपीओ आउँदो असार २१ गतेसम्म जारी रहनेछ ।

यद्यपी, माग अनुरुप आवेदन नपरे आईपीओको म्याद असार ३० गतेसम्म जारी राख्ने कम्पनीले जनाएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *