१७ असार, काठमाडौं । बिहीबार सुनचाँदी मूल्य बृद्धि भएकाे छ । यस दिन सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ भने चँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार र तेजाबी सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यस्तै, चाँदी पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ३१० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस