
१७ असार, काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।
यस दिन परिसूचक १९ अंकले बढेर २८४३ अंकमा कायम भएको छ। कारोबार रकम पनि बढेको छ । हिजो जम्मा ५ अर्ब ८३ करोडको सेयर किनबेच भएकोमा आज ६ अर्ब ७० करोड पुगेको छ ।
यस दिन निर्जीवन बीमाबाहेकका सबै समूह बढेका छन् । सो समूह ५ अंकले घटेको छ । बैंकिङ ३, ब्यापार १९, होटल तथा पर्यटन १३८, विकास बैंक १५२, जलविद्युत २१, फाइनान्स ६३, उत्पादन २, अन्य ३६, माइक्रोफाइनान्स २, जीवन बीमा ७४ र लगानी समूह १ अंकले बढेका छन् ।
यस दिन ओरेन्टल होटलको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ । ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, गुडविल फाइनान्सको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेका छन् । बेष्ट फाइनान्सको मूल्य ८ प्रतिशतले बढेको छ भने जोशी हाइड्रोको मूल्य ७ प्रतिशतले बढेको छ ।
यस दिन एनएलजी इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै २.४ प्रतिशतले घटेको छ । राधि विद्युत, सूर्योदय लघुवित्त, नेसनल हाइड्रो र लक्ष्मी लघुवित्तको मूल्य २ प्रतिशत धेरैले घटेका छन् ।