मुख्य समाचार

कास्कीमा गुडिरहेको एम्बुलेन्समाथि पहिरो खस्यो, बिरामीको मृत्यु

accident

१७ असार, पोखरा । कास्कीमा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा एकजना महिलाको मृत्यु भएको छ । मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको हो ।

मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ ।

प्रहरीका अनुसार एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएका छन् । खहरे खोलामा लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेपछि चालक भागेका थिए । उनी अहिले घाइते छन् । उनको अहिले पोखरामा उपचार भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस