१७ असार, बाँके । बाँकेमा दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दैलेखको मललेख गाउँपालिका–३ दर्पाका २४ वर्षीय डम्बर बुढा र सोही जिल्ला रामरोसन गाउँपालिका ५ का ३५ वर्षीय नन्दु बुढा रहेका जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी रविन्द्र खनालको नेतृत्वमा खटिएको प्रहरी टोलीले वैजनाथ गाउँपालिका–४ तिलकपुरको भित्रि सडकबाट उनीहरुलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस