समाचार

फलामे पुल बगाएपछि काठे साँघु

bhayana pul

१८ असार, तनहुँ । लगातारको वर्षासँगै खोलामा पानीको बहाव बढेपछि बिहीबार तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ र २ जोड्ने गुबेखोलामाथिको फलामे पुल बगाएपछि स्थानीयवासीले उक्त स्थानमा काठे साँघु निर्माण गरेका छन् ।

पुल अभावसँगै शुक्लागण्डकी नगरपालिका–२ का साथै पोखरा महानगरपालिका–३२ का विभिन्न स्थानबाट शुक्लागण्डकी–१ मा पर्ने सेराबेँसी, पोखरा महानगरपालिकाको मालेपाटनलगायतका स्थानमा आवतजावत गर्न असहज भएपछि स्थानीयवासीको सक्रियतामा काठे साँघु बनाइएको हो ।

सेराबेँसीलगायतका स्थानका बासिन्दा बजारको किनमेलका साथै खेतीपाती गर्न समेत उक्त पुल भएर आवतजावत गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी एवं हंशबाहिनी माध्यमिक विद्यालय तनहुँका शिक्षक ठाकुरप्रसाद खनालले जानकारी दिए । प्रत्येक वर्ष वर्षात्को समयमा हुने बाढीका कारण समस्या पर्ने गरेको बताउँदै उनले समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्नुपर्ने बताए ।

वर्षात्को समयमा यस क्षेत्रमा पर्ने खुदीखोला, तालखोला, गुवेखोला, आपुखोला, फुस्रेखोलामा बाढीसँगै जमिनसमेत कटान हुने गरेको भूक्षय, जलाधार वातावरण संरक्षण समितिका संस्थापक अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

यस क्षेत्रको जलाधार संरक्षण गर्दै भूक्षय नियन्त्रणका लागि समितिले निरन्तर पहल गरिरहेको बताउँदै उनले साविकको लेखनाथ नगरपालिकाका वडा नं १२, १३, १५ का साथै देउराली गाविसको वडा नं १ का जनप्रतिनिधिसहित खुदीखोलाको जलाधार संरक्षण एवं भूक्षय नियन्त्रणका लागि नदीजन्य वस्तु ननिकाल्ने सहमति गरिएको जानकारी दिए ।

खुदी खोलामा नदीजन्य वस्तु ननिकाल्नका लागि यसअघि नै सहमति भइसकेका अवस्थामा आगामी दिनमा पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला सबै एकताबद्धरूपमा लाग्नुपर्नेमा उनले जोड दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *