
१८ असार, काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य थप ५०० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ३०० रुपैयाँ कायम भएको हो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै ९० हजार ८०० रुपैयाँ पुगेको छ ।
यता, चाँदीको मूल्य भने गत बिहीबारकै मूल्य कायम हुँदै एक हजार ३१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस