राजनीति

देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन एमालेको निर्देशन

uml

१८ असार, काठमाडौं । नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएको छ ।

आज बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले यही असार २० गतेभित्र देउवालाई दिएको समर्थन फिर्ता लिन उनीहरुलाई निर्देशन दिएको हो ।

बैठकमा महासचिव ईश्वर पोखरेलले आफ्ना सांसदहरुलाई दुई दिनभित्र देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता गर्न निर्देशन दिने प्रस्ताव राखेका थिए । बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।

देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको प्रस्तावमा एमालेका २३ सांसदले हस्ताक्षर गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस