
१८ असार, काठमाडौं । बीमा समितिले थप बीमा कम्पनीलाई लाइसेन्स दिन नलागेको जनाएको छ ।
समितिले केही दिनयता विभिन्न संचार माध्यममा समितिले थप जीवन बीमा, निर्जीवन बीमा र लघुबीमा कम्पनीलाई लाइसेन्स दिन लागेको भनी आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
“समितिले कुनै पनि नयाँ जीवन बीमा, निर्जीवन बीमा र लघुबीमा कम्पनीलाई इजाजत दिने निर्णय नगरेको र यस सम्बन्धमा कुनै पनि काम कारवाहीसमेत नगरेको स्पष्ट पार्न चाहन्छु” समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस